सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्था लि. को लोगो
सार्वजनिक सूचनाहरू

संस्थाका आधिकारिक सूचना तथा परिपत्रहरू

साधारण सभा, पर्व शुभकामना, वित्तीय विवरण तथा महत्वपूर्ण सूचनाहरूको आधिकारिक प्रकाशन।

Meeting
2025-12-01T13:34:00.000Z
साधारण सभा सहभागी हुने बारे ।

साधारण सभा सहभागी हुने बारे ।

श्री सेयर सदस्य ज्यूहरु, विषय: साधारण सभा सहभागी हुने बारे । मिति २०८२/०७/२४ गते बसेको संचालक समितिको निर्णयानुसार संस्थाको ५ औं बार्षिक साधारण सभा मिति २०८२ मङ्सिर २७ गते शनिवारको दिन तपसिलमा उल्लेख कार्यसूची बमोजिम छलफल गरी निर्यण गर्नका लागि तोकिएको मिति, स्थान र समयमा तपाईको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । कार्यक्रम तथा प्रस्तावहरु १. सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा । २. लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा । ३. आ.व. २०८१/०८२ को लेखा परिक्षण प्रदिवेदन सम्बन्धमा । ४. आ.व. २०८२/०८३ को प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा । ५. आ.ब. २०८२/०८३ को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने सम्बन्धमा । ६. संस्थाको ठेगाना परिवर्तन सम्बन्धमा । ७. संस्थाको विनियम संसोधन सहितको पुन लेखन सम्बन्धमा । ८. संचालक समितिको निर्णय अनुमोदन र संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा । ९. संचालक समिति तथा लेखा सुपरिवेक्षक समिति सदस्यको राजिनामा स्वीकृत तथा निर्वाचन गर्ने सम्बन्धमा । १०. शेयर लाभांश तथा संरक्षित पूजी फिर्ता कोष सम्बन्धमा । ११. निस्क्रिय सदस्यहरुको सदस्यता खारेज गर्ने सम्बन्धमा । १२. कर्मचारी तलब बृदी तथा सामाजिक सुरक्षा कोषमा आबद्द हुने सम्बन्धमा । १३. सभाको अन्तिम निर्णय प्रमाणित गर्न प्रतिनिधि चयन गर्ने सम्बन्धमा । १४. विविध । साधारण सभा कार्यतालिका मिति : २०८२/०८/२७ समय : १०:०० स्थान : रामधुनी १, झुम्का जेसिज सामुदायिक भवन नोट :- साधारण सभामा उपस्थित हुन आउदासदस्यता नम्बर खुल्ने कागजपत्र लिएर वा आफ्नो सदस्यता नम्बर याद गरेर आउनुहोला ।

Important
2025-11-24T13:37:00.000Z
अत्यन्त जरुरी सार्वजनिक सूचना प्रकाशित

अत्यन्त जरुरी सार्वजनिक सूचना प्रकाशित

मिति २०८२ साल कार्तिक १३ गते को राष्ट्रिय दैनिक पूर्वी हटलाइन पत्रिकाको तेस्रो पृष्ठमा यस सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्था लि. ले संस्थाका ऋणी सदस्यहरूलाई कर्जा चुक्ता गर्न आउने ३५ दिने अत्यन्त जरुरी सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यस सूचनामा प्रत्येक ऋणी सदस्यको सदस्य नम्बर, नाम, ठेगाना, जन्म मिति, नागरिकता नम्बर, श्रीमान वा श्रीमतीको नाम, बुबाको नाम, बजेको नाम तथा जमानाको नाम सहित विवरण उल्लेख गरिएको छ । संस्थाले सो सूचना मार्फत तोकिएको समयभित्र कर्जा चुक्ता गर्न आउन सम्बन्धित सदस्यहरूलाई अनुरोध गरेको छ । समयमै चुक्ता नगरेमा संस्थाले कानूनी प्रक्रिया अगाडि बढाउने स्पष्ट उल्लेख गरिएको छ । सदस्य तथा सरोकारवाला सबैलाई यो सूचना अवलोकन गरी आवश्यक कदम चाल्न अनुरोध गर्दछौं ।

General
2025-02-02T13:37:00.000Z
हाम्रो सहकारी संस्थाको आधिकारिक वेबसाइट सार्वजनिक

हाम्रो सहकारी संस्थाको आधिकारिक वेबसाइट सार्वजनिक

मिति: २०८२/०५/२० सोमेश्वर रुद्राक्ष बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गरेको जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं। यस वेबसाइटमार्फत सदस्य तथा सेवाग्राहीहरूले संस्थासम्बन्धी विभिन्न जानकारी सहजै प्राप्त गर्न सक्नेछन्।

सार्वजनिक सूचनाहरू

संस्थाका आधिकारिक सूचना तथा परिपत्रहरू

साधारण सभा, पर्व शुभकामना, वित्तीय विवरण तथा महत्वपूर्ण सूचनाहरूको आधिकारिक प्रकाशन।